सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ ।

संस्थाले रामेश्वरी श्रेष्ठको नाममा रहेको ९९ हजार ७४८ र विमल पाण्डेको नाममा रहेको सात हजार १ सय गिरी कुल एक लाख ६ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

Advertisement

संस्थाले यसअघि शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको छ । 

यो शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मीस्थान ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल काडमाडौंमा निवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement