खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग्ने इञ्जिनियरविरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । 

Advertisement

आयोगको टोलीले इञ्जिनियर हुसैनलाई रु एक लाख घुससहित पक्राउ गरेको हो । 

आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  

Advertisement