घुस लेनखेन बाहिरिएपछि शिक्षा मन्त्रालयद्धारा समकक्षताको प्रमाणपत्रबारे छानबिन समिति गठन

Advertisement

काठमाडौं । शिक्षा मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता केशव दाहालले जानकारी दिए । 

Advertisement

उनका अनुसार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित  तीन सदस्यीय समितिलाई सुझाब सहितको प्रतिबेदन पेश गर्न मन्त्रिस्तरीय निर्णय अनुसार ७ दिनको समयसीमा प्रदान गरिएको छ । 

साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा एक जना साँसद वीरेन्द्र महतोले आफ्नो छोराको समकक्षताको प्रमाणपत्र (सर्टिफिकेट इक्विभ्यालेसन) गराउने क्रममा दलालमार्फत पाँच हजार घुस दिएर काम गराएको बताएका थिए । 

Advertisement