बेष्ट फाइनान्सको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाललाई यो शेयरमा कम्पनीका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

इच्छुक शेयरधनीले ३५ दिनभित्र कमलादी काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खदिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement