साउन २७ देखि हकप्रद निष्कासन गर्दै आँखुखोला जलविद्युत कम्पनी

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १ः१.५ अनुपातमा (अर्थात् १ कित्ता शेयरबराबर नयाँ १.५ कित्ता) प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 

Advertisement

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ छ । कम्पनीले उक्त पुँजीको १०० अंकित दरमा साविकका शेयरधनीका लागि ८० लाख कित्ताको १ः१.५ अनुपातले हुन आउने एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपियाँ पुग्नेछ।

कम्पनीको हकप्रदमा साउन २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ । 

हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेको छ । यसर्थ, असार ३१ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । 

कम्पनीको हकप्रद निष्कासक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

काठमाडौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत वार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । 

कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ । उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिने छ ।  

 

Advertisement

Advertisement