जहाज मर्मतका लागि पोखरा लैजानुको विकल्प थिएन्ः प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार बिहान दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि पोखरा लैजानुको विकल्प नरहेको बताएको छ । 

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले, ‘गाडि बिग्रियो भने मर्मतका लागि वर्कसप लैजानुको विकल्प नभए जस्तै जहाज पनि मर्मतका लागि तोकिएको ठाउँमा लैजानुपर्ने हुन्छ भन्दै इन्जिनको इन्जिनको प्राविधिक चेकजाँच (सी–चेक)का लागि आफूहरुले अनुमति दिएको बताए । 

Advertisement

प्राविधिक समस्या रहेको जहाजलाई किन पोखरा उडानका लागि अनुमति दिइयो ? भन्ने खालका प्रश्न उठिरहेको बेला उनले भने, ‘इन्जिन बनाउन नलगेर ग्राउन्डमा राखेर हुन्छ र जहाज ? तपाइँको गाडी बिग्रिएको छ भने त्यो वाकसप नै लान नमिल्नेगरी बिग्रिएको त हुन्न ? सर्भिसिङ गर्ने बेला हुन्छ । लानैपर्छ । त्यस्तै जहाज उडानको पनि निश्चित घण्टा हुन्छ । त्यसपछि नियमित चेकजाँच गर्नुपर्छ । चेकजाँच गर्ने इन्जिनियरहरु पनि स्वयम आपैm छन् जहाजमा । त्यसमा सबै ठिक थियो ।’ 

जहाज के कारण एक्कासी दुर्घटना भयो ? सो कुरामा सरकारले पनि समिति बनाएर छानविन गर्ने र प्राधिकरणले पनि अनुसन्धान गर्ने बताउँदै भुलले दुर्घटनामा घाइते भएका क्याप्टेनसँग पनि यस बारेमा सोचपुछ हुने बताए । जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्याबारे क्याप्टेनबाट जानकारी नआएको उनले बताए । 

प्रवक्ता भुलले दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स पनि भेटिएको बताए । आकस्मिक रुपमा के भयो ? अहिले नै अनुमानका आधारमा भन्न नसकिने बताउँदै उनले छानविनपछि यथार्थ तथ्य आउने बताए ।  दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज २१ वर्ष पूरानो भएकाले दुर्घटना भएको कतिपयको तर्क पनि प्राधिकरणले अस्वीकार गरेको छ । 

प्राविधिक चेकजाँचका लागि आफ्ना प्राविधिक कर्मचारीहरुसहित आज बिहान करिव ११ बजे त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सार्य एयरलाइन्सको जहाज एक्कासी दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो भने एक जना पाइलट भने जिवित रहेका छन् । जहाज उड्नासाथ दाइनेतर्फ मोडिएर धावनमार्गको पूर्वतर्फ खसी आगलागी भएको थियो ।   

दुर्घटनामा घाइते मनिष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनामा ज्यान गुमाउनेहरूः
१. सागर आचार्य 
२. अश्विनकुमार निरौला 
३. दिलीप बर्मा
४. यज्ञराज पौडेल 
५. एस कटुवाल 
६. अमितमान महर्जन
७. सुदीपलाल जोशी
८. सर्वेस मरासिनी
९. श्याम बिन्दुकार
१०. नवराज आले
११. राजाराम आचार्य
१२. प्रिज्जा खतिवडा
१३. अधिराज शर्मा (बालक)
१४. उद्धव पुरी
१५. मनुराज शर्मा
१६. सन्तोष महतो
१७. पुन्यरत्न शाही
१८. एरिफ रेडा (विदेशी)
 

Advertisement