बैंकहरुलाई पुँजीकोष घटाउन दवाव, के-के छन् सहुलियत ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुको पुँजीकोषमा परेको दवावलाई दृष्टिगत गर्दै बिभिन्न सुहलियत दिने नीति ल्याएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को मौद्रिक नीतिमाफर्त राष्ट्र बैंकले बिभिन्न सहुलियत घोषणा गरेको हो । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको लागि मौद्रिक नीति ल्याएका छन् । त्यसमा यसका लागि पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने घोषणा गरिएको छ । 

Advertisement

यस्तै, असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । 

यसले बैंकहरुको नाफा समेत बढाउन सहयोग पुग्नेछ । अहिले बैंकहरुले असल कर्जा बापत राखेको प्रोभिजनीङ रकम धेरै नै छ । त्यसको ०.१० प्रतिशत विन्दु रकम छुट्टाएर नाफा नोक्सान खातामा सार्दा पुँजीकोष दवाव पनि कम हुने बताइएको छ । 
यस्तै, कर्जा खरिद–बिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने नीति पनि राष्ट्र बैंकले ल्याएको छ । 

यस्तै, रेगुलटरी रिटीयल पोर्टफोलियो (आरआरपी) को सिमा दुई करोड रुपियाँबाट बढाएर दुई करोड ५० लाख रुपियाँ कायम गर्ने घोषणा गरिएको छ । 

यस्तै, कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलटरी रिभर्जमा रकमहरुलाई टेयर–२ क्यापिटलको रुपमा गणना गर्न दिने घोषणा पनि गरिएको छ । 

‘बैक तथा वित्तीय संस्थाले टेयर–२ क्यापीटल गणना गर्दा क्यापीटल एडुकेसी फेर्मवर्क, २०१५ को व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टेयर–२ क्यापीटलका रुपमा गणना गर्न सकिने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ । 

अहिले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत यी नीति ल्याउने घोषणा मात्रै गरेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशनमा समावेश गरेपछि वा छुट्टै निर्देशन जारी गरेपछि यो कार्यान्वयनमा आउनेछ । 

Advertisement

Advertisement