आजको मौसम : यी ठाउँमा छ भारीदेखि अति भारी वर्षाको सम्भावना

Advertisement

काठमाडौं । देशभर साधारणतया बदली रही अहिले बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

 जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

Advertisement

कोशी प्रदेशलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थान चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै राति भने देशभर साधारणतया बदली रहनेछ । 

लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Advertisement

Advertisement