पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

Advertisement

लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । 

गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । 

खरखरे  भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवतजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । 

Advertisement

Advertisement