प्रभु बैंकको नयाँ शाखा तेह्रथुम र धनकुटामा

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने आजदेखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आप्mनो ३०८औं र धनकुटा नगरपालिका,वडा नं.७  स्थित हुलाक टोलमा ३०९औं शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको हो । 

Advertisement

बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

नेपालभर ३०९ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले उल्लेख गरेको छ । 

undefined

Advertisement

Advertisement