चलचित्र विकास बोर्डले माग्यो अध्यक्ष पदका लागि आवेदन

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डले रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आजको मिति (साउन १६) ले १५ दिनभित्र आवेदन मागेको हो । 

Advertisement

०७९ साल साउन ११ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका भुवन केसीको कार्यकाल यही साउन ८ गते सकिएपछि बोर्ड अध्यक्षविहीन छ । 

अध्यक्ष पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ भने न्यूनतम योग्यता कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर १० वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन निरन्तर १० वर्ष काम गरेको हुनुपर्नेछ । 

Advertisement

Advertisement