कीर्तिमानी पर्वतारोही सानु शेर्पाले चढे गाशरब्रम-२  र ब्रोड पिक

Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड सानु शेर्पाले पाकिस्तानमा रहेको गाशरब्रम–२ र ब्रोड पिकको तेस्रो पटक सफल आरोहण गरेका छन् । 

उनले गाशरब्रम–२ हिमालको जुलाई २१ मा र ब्रोड पिकको जुलाई २७ तारिखका दिन सफल आरोहण गरेका जानकारी दिए । उनी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्याएर आरोहण गर्ने पहिलो व्यक्ति हुन् । उनको यो रेकर्ड हालसम्म पनि उनकै नाममा रहेको छ । 

Advertisement

संखुवासभाको मकालु गाउँपालिका–१ का शेर्पाले पाकिस्तानमा रहेको केटु, नङ्गा पर्वत, गाशरब्रम–१, गाशरब्रम–२ र ब्रोड पिक गरी पाँच वटाको चुचुरोमा तेस्रो पटक पाइला टेक्न सफल भएका छन् ।

अब नेपालमा रहेको मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, चोयु र चीनमा रहेको शिशपाङ्मा हिमालको मात्र तेस्रो पटक आरोहण गर्न बाँकी रहेको उनले बताए । ‘तर अब हेरुम बाँकी रहेका हिमालहरु आरोहण गर्छु–गर्दिन अहिले थाहा छैन् । शरीरले साथ र प्रायोजकहरू पाए तेस्रो पटक आरोहण गर्छु कि,’ उनले भने । 

शेर्पाले हालसम्म सगरमाथा, ल्होत्से, मनास्लु, गाशरब्रम–२, गाशरब्रम–१, केटु, ब्रोड पिक, नङ्गा पर्वतको तेस्रो पटक सफल आरोहण गरी सकेका छन् । आरोहण गर्न बाँकी रहेका ६ वटा हिमालहरुको सफलतापूूर्वक आरोहणपछि उनी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु तेस्रो पटक चुम्ने पहिलो व्यक्ति बन्ने छन् ।
 

Advertisement

Advertisement