चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । 

अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति; विकास, आर्थिक मामिला तथा सुशासन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

Advertisement

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुने कार्यसूची छ । 

त्यस्तै, ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय संचालनका लागि सम्बन्धन स्वीकृती सम्बन्धमा परेको उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल गर्ने कार्यसूची छ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने विषयमा छलफल हुनेछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैठकमा राष्ट्रियसभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग संकल्प प्रस्ताव सम्बन्धमा छलफल हुनेछ । सो राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई पनि बोलाइएको छ । 

Advertisement

Advertisement