शेयर बजारमा झिनो करेक्शनः पाँच कम्पनीमा पोजेटिभ सर्किट, पौने २२ अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार उतार चढावका बीच आज अन्त्यमा घटेर बन्द भएको छ । 

आज बजार बढेर नेप्से २८०५.५३ अंकसम्म पुगेको थियो । तर करीब साढे १२ बजेपछि बजार निरन्तर ओरालो झरेको थियो । साताको अन्तिम दिन नेप्सेमा झिनो करेक्शन आएपनि कारोबार रकम भने उत्साहजनक छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.२९ प्रतिशतले घटेको छ । ०.१९ प्रतिशतले बजार घट्दा नेप्से २७५५.६२ अंकमा ओर्लिएको छ । 

समग्रमा बजार घटेपनि वित्त, हाइड्रो, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह क्रमशः १.७७, ०.३५, २.७४, ३.६९, १.१३ र १.७४ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । आज ट्रेडिङ समूह सबैभन्दा बढी ३.५४ प्रतिशतले घटेको छ । 

३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता शेयर किनबेच हूँदा २१ ऋर्ब ७१ करोड ३४ लाख ३१ हजार ७.७४ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । एचआईडीसीएल, नेपाल हाइड्रो, शुभम् पावर, सिटी होटल र कुथली बुखरी हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाए । अरु ४ वटा कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका हुन् । 

त्यस्तै पिपुल्स हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले घाटा व्यहोरे । 

आज पनि हिमालयन रि–इन्स्योरेन्सकै उच्च कारोबार भयो । उक्त कम्पनीको ५९ करोड, ७५ लाख ९९ हजार २ सय ३८.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ११३.४२ अंकले बजार उचालिंदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ, सोमबार २०.४६ अंकले बजार तल झर्दा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १ सय ६.२९ रुपियाँ, मंगलबार ३५.५५ अंकले बजार उचालिंदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२.९७ रुपियाँ र हिजो बुधबार ६४.२५ अंकले बजार बढ्दा हालसम्मकै उच्च २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१.०६ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 
 

Advertisement

Advertisement