बागमतीसहित पाँचवटा प्रदेशमा भारी वर्षा, मधेश र कोशीमा हावाहुरीको चेतावनी

Advertisement

काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास भएकाले गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने विभागले जनाएको छ ।

त्यसैगरी राति देशभर साधारण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Advertisement

Advertisement