कर्णालीको रैथाने बाली चिनो कागुनो, उवा, फापर उपलब्ध गराइने

खाद्य कम्पनीको सुपथ मूल्य पसल आजबाट लाग्ने, कहाँ कहाँ खुल्दैछ ?

Advertisement

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंतिहार लक्षित सुपथ मूल्य पसल बिहीबारबाट शुरु गर्ने भएको छ ।

कम्पनीको थापाथली स्थित बिक्री केन्द्रबाट उद्घाटन गरिने सुपथ मूल्य पसल असोज ७ गतेभित्र देशैभरी सञ्चालन गरिसकिने कार्यक्रम रहेको कम्पनीकी सूचना अधिकारी सर्मिला अधिकारी सुवेदीले कर्पोरेट नेपाललाई जानकारी दिइन् । 

Advertisement

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार थापाथलीबाट सुपथ मूल्य पसलको औपचारिक उद्घाटन गर्नेछन् । त्यसपछि क्रमशः उपत्यकासहित देशैभरीका सुपथ मूल्यका पसलहरु खोलिनेछ । 

यसपटक खाद्य कम्पनी लिमिटेडले उपत्यकाको चारवटा स्थानसहित उपत्यका बाहिर ५९ गरी कूल ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । गत वर्ष खाद्य कम्पनीले काठमाडौं उपत्यकासहित देशभर ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । 

null

खाद्यान्न तथा उपभोग्य वस्तुमा प्रतिकेजी १० रुपियाँ छुट

कम्पनीले दैनिक उपभोग्य वस्तु दाल चामल, नुन तेल, चिनीसँगै कर्णालीको रैथाने बाली चिनो, कागुनो, उवा, फापर समेत सुपथ मूल्य पसलमा उपलब्ध गराउने भएको छ । यसअघि सामान्य दैनिक उपभोग्य वस्तु खाद्यान्नहरु मात्र उपलब्ध गराएकोमा योपटक कर्णालीको रैथाने बालीहरुलाई विशेष प्राथमिकता दिएर उपलब्ध गराउन लागिएको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् । 

‘दैनिक उपभोग्य वस्तु, दाल, चामल, नुन तेल, चिनी लगायतको वस्तु त सधै बेचिरहेकै हो । यसपटक कर्णालीको उत्पादनलाई पनि प्राथमिकता दिउँ भन्ने उद्देश्यले खाद्य कम्पनीले चिनो कागुनो, उवा, फापरलाई सुपथ मूल्य पसलमा उपलब्ध गराउँदैछ । यसले थप आकर्षण ल्याउनेछ भन्ने हाम्रो अपेक्षा छ’ उनले भनिन् ।

कम्पनीले सुपथ मूल्य पसलमा उपलब्ध हुने खाद्य तथा उपभोग्य वस्तुमा प्रतिकेजी ५ रुपियाँदेखि १० रुपैयाँसम्म छुट दिने जनाएको छ । 

यस्तै, दसैंका लागि खाद्यले बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्रामा बजार भाउ भन्दा प्रतिकेजी १० रुपियाँ सस्तोमा बिक्री गरिने सुवेदीले जानकारी दिइन् । यसपटक १५ सय खसीबोका र ३ सय च्याङ्ग्रा ल्याउँदै गरेको खाद्य कम्पनीले दसैंको घटस्थापनाको दिनदेखि बिक्री वितरण गर्ने तयारी गरेको छ । 

null

Advertisement