आजको मौसम : दिउँसो र राति यी ठाउँमा पर्नेछ मुसलधारे पानी

Advertisement

काठमाडौं । देशभर आंशिकदेखि साधारण बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

Advertisement

देशभरका  केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

त्यसैगरी राति पनि आंशिकदेखि साधारण बदली रहनेछ ।

देशभरका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement