गल्फ लुब्रिकेन्टको पार्टनर  मिट कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो  पार्टनर मिट सम्पन्न गरेको छ । 

बाराको सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो । 

Advertisement

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिलो वर्षको समीक्षा गरी आगामी दिनको रोड म्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको  छ । 

कम्पनी, स्टेकहोल्डर र  ग्राहकबीचको सम्बन्ध अझै मजबुत बनाई प्रगतितर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो । 

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन ।  सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडि बढ्नु पर्नेछ ।  हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्न मा र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ । हामी आफ्नो क्षमता बढाउन  नयाँ उच्च गुणस्तर ग्रेडको  ल्युब उत्पादन गर्न कारखानामा थप  लगानी गर्दैछौं ।  यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछन् ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।

Advertisement

Advertisement