आज कुन समितिको बैठक कति बजे बस्दैछ ?

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु हुनेछ भने केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ । 

त्यस्तै, दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

बैठक बिहान साढे ११ बजे बस्नेछ । 

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरणका विषयमा छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने बैठकमा मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनमा मन्त्रालयबाट भए गरेका काम, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ । 

Advertisement

Advertisement