आरोही हराएपछि बन्द गरिएको शिशापाङको आरोहण एक वर्षपछि खुल्ला गरिँदै

Advertisement

काठमाडौं । तिब्बतको शिशापाङ हिमाल आरोहणको लागि पुनः खुल्ला गर्न लागिएको छ । गत बर्ष हिमपहिरोका कारण मानवीय क्षति भएपछि यस हिमालमा आरोहण रोक्किएकोमा पुनः खुल्ला गर्न लागिएको हो । 

गत वर्षको शरद ऋतु (असोज २०) गएको हिमपहिरोका नेपालीसहित दुई जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता छन् । विश्वको चौधौं अग्लो हिमाल शिशापाङ झण्डै एक बर्षपछि आरोहणका लागि खुल्ला गर्न लागिएको एक हिमाल आरोहण कम्पनीका सञ्चालकले बताए । 

Advertisement

उनले भने, ‘अब सेप्टेम्बरमा शिशापाङ खुल्ला गर्न लागेको छ । मेरो कम्पनी र अरु एक्स्पेडिशन कम्पनी पनि आरोहण गराउन तयारी अवस्थामा छ । चीन तर्फबाट चोयु र शिशापाङ आरोहण गर्न धेरै आरोही लामो समयदेखि पर्खाइमा छ । हामी चाहिँ सेप्टेम्बर १९ तिर तिब्बततर्फ लाग्छौं ।’ 

शिशापाङको हिमपहिरोमा मृत्यु भएका अमेरिकी महिला आरोही अन्ना गुटु र उनको शेर्पा गाइड नेपालका मिङमार शेर्पाको शव नेपाल ल्याएर परिवारलाई यसअघि नै बुझाइए पनि अमेरिकी महिला आरोही जिना मारिया र उनका गाइड तेन्जेन लामा (शेर्पा) भने आभैm बेपत्ता छन् । 

बेपत्ताहरुको खोजीका लागि गएको वसन्त ऋतृमा चाइना तिब्बत पर्वतारोहण संघले शिशापाङ आरोहणको अनुमति दिए पनि समय थोरै भएकोले खोजीको पहल सफल हुन नसकेको ती सञ्चालकले बताए । बेपत्ता गाइड तेन्जेन विश्व कीर्तिमानी पर्वतारोही पनि हुन् । उनले नर्वेकी क्रिस्टिन हरिलासँग ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छिटो आरोहण गरी कीर्तिमान बनाएका थिए । 

Advertisement

Advertisement