हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयसँग सम्बन्धी विधेयकहरु प्रस्तुत हुन्छन्ः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बन्धी ऐनहरु संशोधन हुने बताएका छन् ।

मंगलबार नेपाल पर्वतारोहण संघको ३४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेन अगावै ऐनहरुलाई मूर्त रुप दिने काम हुने विश्वास व्यक्त गरे । मन्त्री पाण्डे भने, ‘हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ । हामीले पर्यटन, संस्कृति, हवाई उड्यन, लगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेका छौं । संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रुप दिने छौं ।’

Advertisement

मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आव्हान गरेका छन् । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको समेत बताए । 

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले हालै चीनमा आयोजित ट्रान्स हिमालयन फोरममा भाग लिन चिन भ्रमण गरेको बताउँदै उक्त भ्रमणको दौरान नेपाल र चीनको सिमा क्षेत्रमा रहेका हिमचूलीहरु आरोहणका लागि खुल्ला गरी आवश्यक प्रवर्द्धनको नीति लिइ आरोहण गतिविधिहरु संचालन गर्ने, चीन र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सन् २०२५ मा संयुक्त आरोहण गर्ने लगायतका प्रस्तावमा सकारात्मक छलफल भएको बताए । 

undefined

नेपालमा पर्वतारोहण तालिमहरु नियमित रुपमा संचालन गर्नको लागि नेपाल पर्वतारोहण संघलाई एक पर्वतारोहण तालिम प्रदायक संस्थाको रुपमा बिकास गर्ने नीति लिएको हुनाले उक्त नीति कार्यान्वयन गर्नको लागि आवश्यक प्राविधिक सहयोग नेपालको पर्वतीय पर्यटनमा दूरगामी प्रभाव पर्ने यी सम्झौताहरुको कार्यान्वयन गर्न र दुबै देशको पर्वतीय पर्यटनको प्रवर्द्धनका लागि सहकार्यको थप बाटोहरु पहिल्याउन दुई देशबीच उच्च स्तरीय संयन्त्रण बनाउने प्रस्ताव चिनियाँतर्फबाट आएको उनले जानकारी दिए । 

उनले भने, ‘नेपालको पर्वतीय पर्यटनको बिकास गर्नको लागि थप हिमालहरु पहिचान गरी आरोहण गतिविधि बढाउनु पर्ने आवश्यकतालाई ध्यानमा राखी थप ५७ वटा हिमालहरुको खोल्नको लागि सिफारिस गरेका छौं । ती हिमालहरु आरोहणका लागि यथासक्य खोल्नको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पर्यटन मन्त्री र सचिवलाई हार्दिक अनुरोध गर्न चाहन्छौं ।’  

अन्तर्राष्ट्रिय सगरमाथा दिवस (२९ मे), अन्तर्राष्ट्रिय पर्वतीय दिवस (११ डिसेम्वर), विश्व वातावरण दिवस (५ जुन), अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस (५ फेब्रअरी), विश्व पर्यटन दिवस ( २७ सेप्टेम्वर), पर्वतीय प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमा आयोजना गरी सक्रिय रुपमा सहभागी भएको जस्ता विविध कार्यक्रमहरु आयोजना गरेको सन्दर्भ ती कार्यक्रमहरुमा भएको खर्च बेरुजु हुनु अत्यन्त दुःखको रहेको उनको भनाइ छ । 

Advertisement