आर्थिक बर्ष सुरु भएको दुई महिनापछि पर्यटन बोर्डको पेश्की बजेट मात्रै पास

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको पेश्की बजेट पास भएको छ । चालु आर्थिक बर्षको बजेट पास नहुँदा कर्मचारीको तलब भत्तासहित दैनिक कामकारवाही प्रभावित भएको थियो । 

पेस्की बजेट पाससँगै ‘वर्ल्ड ट्राभल मर्केट’ हुने बाटो पनि खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहने पर्यटन बोर्डको सञ्चालक समितिमा पर्यटन सचिवले बैठक नराख्दा र बोर्डको सीईओ नियुक्तिमा ढिलाई हुँदा बजेट निर्माण लगायतका कामकारवाही प्रभावित हुन पुगेको थियो । 

Advertisement

पेश्की पास भए पनि बोर्डको पूर्ण बजेट अझै पास भएको छैन् । बोर्डका उपाध्यक्ष कमल सापकोटाले भने, ‘हामीले पेश्की बजेट पास गरेका छौं । यसबाट वर्ल्ड ट्राभल मर्केट हुर्ने पक्का भएको छ । बजेट पनि दुई–तीन हप्तामा पारित हुन्छ । 

साथै, बोर्डले टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स)को संयोजकमा राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको छ । आगामी अक्टोबर १ देखि टिम्सको चेकजाँचमा कडाइ गरिने सापकोटाले बताए । 

Advertisement

Advertisement