इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

Advertisement

धरान, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । 

नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले ४ वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई दैनिक यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे ।

Advertisement

नगरप्रमुख पौडेलले भने, ‘इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।’

उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा बस खरिद गरिएको बताए । उनले भने, ‘बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।’

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं. ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ । 

Advertisement

Advertisement