शुरु भयो त्रिवेणी मोटोकर्पले भित्र्याएको कामा ब्रान्डको ईभी

Advertisement

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ । 

कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो कामा अटोमोवाईल कंम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।

Advertisement

स्याङडो कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कंम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा विक्रि वितरण हुदै आएको छ । 

हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको विक्रि वितरण सुरु गरेको छ ।

बिजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ ।

११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमी रेञ्ज प्रदान गर्ने गर्दछ । कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रि जडित रहेका छन् ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । 
 

Advertisement

Advertisement