नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, खोजी कार्य हुँदै

Advertisement

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर दुर्घटना भएको खबर आएको छ ।

घटनामा ४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, तर नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हर्षराज पाण्डेले हेलिकप्टर सम्पर्कविहीन भएपनि मानवीय क्षति भए नभएको सूचना प्राप्त हुन नसकेको बताए ।  

Advertisement

हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौरबाट सम्पर्कविहीन भएको थियो ।  शिवपुरी–७ सूर्य चौर एरियामा हेलिकप्टर देखिएको जानकारी आएको छ, प्रहरी सो स्थानमा जाँदै छ । 

उक्त हेलिकप्टरको खोजीका लागि प्रभु हेलिकप्टर परिचालन गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता शुवास झाले बताए । 
 

Advertisement

Advertisement