काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल उपविजेतामा सीमित, भारतलाई उपाधि

Advertisement

काठमाडौं । नेपालमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले उपविजेतामै चित्त बुझाउनु परेको छ । 

आज साँझ सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई तीन– दुई सेटले पराजित गर्दै उपाधि जितेको हो ।

Advertisement

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो भने दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।

र, अन्तिम पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेसँग उपाधि माथि कब्जा जमाएको हो । 

Advertisement

Advertisement