काभा भलिवल उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरद्वारा १–१ लाख नगदसहित सम्मान

Advertisement

काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरल नगद १–१ लाखसहित सम्मान गरेको छ ।  

खेल सकिएको भोलिपल्ट आज उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख बालेन्द्र (बालेन) शाहले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपियाँँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपियाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । 

Advertisement

सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ हुन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव हुन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट छन् । 

‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ । यो विषय छुटेको महसुस गराएको छ । यसमा हामी काम गर्नेछौँ ।’ सम्मानका क्रममा प्रमुख शाहले धारणा राखे ।  

undefined

खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डगोलले उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् । 

सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे ।

हिजो मात्र खेल सकिएको हो । आज नै महानगरपालिकाले बोलाएर सम्मान प्रदान गर्यो । यसले जितका लागि थप जिम्मेवार बनाएको छ । टिम क्याप्टेन शाहीले भनिन्, ‘हामीले राम्रो खेल्ने टिमबाट धेरै कुरा सिक्ने अवसर पनि पायौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार केसी, वित्त समितिका संयोजक इश्वरमान डंगोल, राजस्व समितिका संयोजक नवराज पराजुलीसहित पदाधिकारीहरुले खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन प्रदान गरेका थिए ।  

काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । 
 

Advertisement

Advertisement