शेयर बजारमा झिनो सुधारः शिवम् सिमेन्ट, हिमालयन रि र निफ्राको उच्च कारोबार

Advertisement

काठमाडौं । तीब्र उचारचढावका बीच आज शेयर बजार झिनो अंकले बढेर रोकिएको छ । उच्च अंकले बजार बढ्दा ११ः२४ बजे  नेप्से २८११.१६ अंकसम्म पुगेको थियो भने १ः१६ बजे नेप्से घटेर २७४५.८४ अंकसम्म झरेको थियो । त्यसपछि पुनः बजार बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.७० अंकले बढेको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७६६.३८ अंकमा पुगेको छ । 

Advertisement

समग्रमा बजार बढे पनि हाइड्रो, लगानी, उत्पादनमूलक, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ समूहमा मात्रै हरियाली छायो । बाँकी समूह भने राताम्मे भए । 

undefined

आज ३२२ कम्पनीका ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हूँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार १ सय ३.३८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

आज विभन्नि ६ कम्पनीमा पोजेटिभ सर्किट लाग्यो भने अरु ३ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रो, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्टको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

undefined

त्यस्तै आज एनआरएन एन्फ्रास्ट्रक्चरका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०४ प्रतिशतले घाटा व्यहोरे । 

आज शिवम् सिमेन्ट, हिमालयन रि–इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को उच्च कारोबार भयो । यी कम्पीको क्रमशः १ अर्ब २० करोड ९० लाख, १ अर्ब ७ करोड ६२ लाख र ९२ करोड ४६ लाख रुपियाँ बराबरको शेयर किनबेच भयो । 

साताको पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने सोमबार ४०.७६ अंकले बजार बढ्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७.६४ रुपियाँ, मंगलबार १४५.०५ अंकले बजार घट्दा हालसम्मकै उच्च ३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४.१० रुपियाँ र हिजो बुधबार १०८।३५ अंकले बजार बढ्दा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७.८३ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement