आजको मौसम : सातै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । हाल  देशभर आंशिकदेखि साधारण बदली रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो ​देशैभर आंशिकदेखि साधारण बदली रहनेछ ।

Advertisement

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै विभागले सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । 

त्यसैगरी राति देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको भनाइ छ ।

साथै, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

Advertisement

Advertisement