गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

Advertisement

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा हिजो अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ । 

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । 

Advertisement

ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो । विभिन्न क्षेत्रबाट पुगेका दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । 

Advertisement

Advertisement