सुजुकीले मनसुन फ्री  सर्भिस क्याम्प गर्दै, ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक प्याकेज !

Advertisement

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २७ गतेदेखि फ्री सर्भिस क्याम्प सञ्चालन गर्दैछ । 

लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले  विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । 

Advertisement

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको पनि कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै ७  जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न  सक्ने छन् । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी–हिटर  चेक, ब्याट्री चेक र  ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा  ५०  प्रतिशत सम्मको  छुट  पाउने छन् भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट  र  स्पेयर पार्टस् र  इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउने छन् ।  

सुजुकीको मनसुन  फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । सुजुकीसँग ५४ सर्भिस आउटलेट छ । 
 

Advertisement

Advertisement