नेशनल क्यापिटलको विशेष साधारणसभा भदौ ९ मा

Advertisement

काठमाडौं । नेशनल क्यापिटल लिमिटेडको विशेष साधारणसभा भदौ ९ गते बस्ने भएको छ । 

साउन १७ गते बसेको सञ्चालक समिति बैठकले भदौ ९ गते कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंमा दिउँसो २ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । 

Advertisement

सभाले कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ संशोधनसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, कम्पनीले खरिद वा भाडामा लिएको जग्गा, भवन, सवारीसाधनलाई पुनः भाडामा दिन मिल्ने व्यवस्था गर्ने प्रस्ताव आदि पारित गर्नेछ । 

Advertisement

Advertisement