एमएडब्लू वृद्धि कमर्शियल भेइकल्सले बर्दिबास र  पोखरामा खोल्यो नयाँ शोरुम

Advertisement

काठमाडौं । नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले बर्दिबास र  पोखरामा आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ । 

यो अत्याधुनिक सुविधासम्पन्न शोरुम बर्दिबासमा कानून राज्य मन्त्री श्रद्धादेवी थापाबाट यहि साउन २५ गते र पोखरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङबाट उद्घाटन भई यहि साउन २७ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको छ ।

Advertisement

शोरुममा फोटोन र सोकोनका कमर्शियल गाडीहरूको उपलब्ध छ । फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रस्तुत गरेको छ। थप रूपमा एमएडब्लू वृद्धिले सोकोन मोटर्सको बहुमुखी भ्यान पनि उपलब्ध गराएको छ, जसमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरू समावेश छन् ।
 

Advertisement

Advertisement