प्रस्तावित १८ राजदूतको सुनुवाइ आजदेखि

Advertisement

काठमाडौं । विभिन्न १८ देशका लागि राजदूत सिफारिस भएका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । 

मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा सुनुवाइ हुनेछ । 

Advertisement

सरकारले भातरका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलिया कान्ता रिजाल, साउदी अरेबिया नरेशविक्रम ढकाल र दक्षिण अफ्रिकाका लागि प्राडा. कपिलमान श्रेष्ठलाई राजदूत सिफारिस गरेको छ । 

त्यस्तै प्रा. धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका, सनिल नेपाल स्पेन, डा. शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी अमेरिका, चन्द्रकुमार घिमिरे बेलायत, डा. शिवमाया तुम्बाहाम्फे दक्षिण कोरियामा राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । 

त्यसैगरी जङ्गबहादुर चौहान रुसी महासंघ, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधार डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पोखरेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानको राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । 

Advertisement

Advertisement