पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट सात करोड राजस्व संकलन

Advertisement

लिस्बन । विद्युतीय राहदानी (इ-पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको  राहदानीसम्बन्धी  घुम्ती शिविरबाट रु सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन भएको छ ।

Advertisement

विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । 

पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।

Advertisement

Advertisement