आजको मौसम : यी ठाउँमा हुनेछ मध्यमदेखि भारी वर्षा

Advertisement

काठमाडौं । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ ।

साथै केही  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र बांकी भू-भागमा आंशिकदेखि साधारण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।                                                                                                                     

त्यस्तै राति देशभर साधारण बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

Advertisement