सोलुको थामेमा विद्युत् सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको निर्देशन

Advertisement

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युत्को व्यवस्था गर्न निर्देशन दिएका छन् । 

ऊर्जामन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत् अवरुद्ध भएको भन्दै तत्काल विद्युत्को व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । 

Advertisement

गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ । बाढीले विद्युत् गृहमा क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएको छ ।

यसैबीच ऊर्जामन्त्री खड्काले ताप्लेजुङको पाथीभरा क्षेत्र आसपासमा भएको विद्युत् अवरोधसमेत चाँडो सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिए । साथै ताप्लेजुङ र झापाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएपछि मन्त्री खड्काले चासो राखेका छन् । 

तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन सञ्चार मन्त्री गुरुङको निर्देशन
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको  खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । 

हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका हुन् । गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पु¥याएको छ । बाढीले विद्युत् गृहमा क्षति पु¥याएपछि सो गाउँमा विद्युत्, टेलिफोनलगायत सेवा अवरुद्ध छ ।

बाढीका कारण खुम्बु बिजुली कम्पनीको हेडवक्र्समा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई फोन गरी वैकल्पिक ऊर्जामार्फत तत्काल सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन् । 

Advertisement

Advertisement