प्रभु महालक्ष्मीको २ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विभिन्न ३ जना शेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

शेयर खरिद गर्न इच्छुक जोकोहीले आज (भदौ ७) का मितिले ७ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

Advertisement