नेशनल लाईफको साधारण सभाबाट लाभांश पारित, ५ अर्ब २१ करोड पुग्यो चुक्ता पूँजी

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको हो । 

सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/– मा १० प्रतिशतका दरले नगद लाभांश रु.५०,११,६६,६४२/५० र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२०,०४,६६,६५७/– साथै उक्त नगद एवम् वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६९,२८,०६८/३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

Advertisement

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/– मा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२/– पुगेको छ ।

सभामा अध्यक्ष सिंहले आव २०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आव २०८०/०८१ मा जीवन बीमा ब्यवसायले सुधारको बाटो तय गरेको उल्लेख गरिन् ।  

आव २०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क   १६.६६ प्रतिशतले बृद्धि भई रु. १,६८०.९० करोड पुगेको छ । समीक्षा वर्षको संचालनबाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ । कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ । 

कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आव २०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ । 

यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भैरहेको सभामा जानकारी दिइयो । 

कम्पनीले मर्चेन्ट बैंकिङ क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ । आव २०८१/०८२ मा सहायक कम्पनी कै रुपमा एउटा इन्भेष्टमेन्ट कम्पनी खोल्न प्रयासरत रहने छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पुर्याउने कम्पनीको विश्वास छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु ९७,३३,१५०/– बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

Advertisement