राष्ट्रिय सभाको बैठक बस्दै

Advertisement

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ः१५ मा बस्नेछ ।

Advertisement

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/०८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । 
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

Advertisement

Advertisement