काठमाडौं आउँदै गरेको बस मुग्लिङ–नारायणगढ सडकखण्डकाे घुमाउनेमा दुर्घटना
तस्बिर सौजन्यः प्रसन्न ढकाल

Advertisement

काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउनेमा दुर्घटना भएको छ ।

सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

Advertisement

बस आज बिहान दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । 

Advertisement

Advertisement