अल्फाबिटाले गर्यो ‘अस्ट्रेलिया एड्मिसन डे’ उच्च शिक्षाबारे विदेशी शैक्षिक संस्थासँग प्रत्यक्ष परामर्श

Advertisement

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा रहेको प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले आइतबार ‘अस्ट्रेलिया एड्मिसन डे’ शैक्षिक मेला आयोजना गरेको छ । 

एकदिने मेलामा अष्ट्रेलियाका २० भन्दा बढी शिक्षण संस्थाका प्रतिनिधिहरुसँग विद्यार्थीहरुले आफूले अध्ययन गर्न चाहेको उच्च शिक्षाको विषय, पाठ्यक्रम, पायक शहर, छात्रवृत्ति, इन्टेक, आर्थिक पक्ष र भिसा प्रक्रियालगायतका विषयमा प्रत्यक्षरुपमा कुराकानी र सल्लाह लिएका थिए । 

Advertisement

मेलामा उच्च शिक्षाका लागि विशेष गरी अष्ट्रेलिया, न्युजिल्याण्ड जान चाहने विद्यार्थीलाई विशेष छुटसहित कार्यक्रमको आयोजना गरेको अल्फाबिटाका अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि डेस्टिनेसन म्यानेजर अनिल नेपालले जानकारी दिए । मेलामा सयौं विद्यार्थी सहभागी भएका थिए । अनिल नेपालले भने, बिहान १० बजेदेखि शुरु भएको कार्यक्रम अपरान्ह ५ बजेसम्म चल्यो । मेलामा झण्डै छ सय विद्यार्थीले आफ्नो उच्च शिक्षाको बारेमा अष्ट्रेलिया र न्युजिल्याण्डका शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिएका थिए ।’ 

वैदेशिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई अल्फाविटाले गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको बताउँदै उनले आजको कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई अलफाबिटाले आइएलटीएस, टोफेल, पीटीई र टेष्ट प्रि–पिरेसनमा ५० प्रतिशत छुट दिनुका साथै उच्च शिक्षाका लागि प्रोसेसिङ चार्जमा पनि ५० प्रतिशत छुट पाउने बताए । 

Advertisement