पर्यटन बोर्डका पूर्वसीईओ डा. धनन्जय रेग्मीले सञ्चालनमा ल्याए सुविधासम्पन्न होटल

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पर्यटन व्यवसायी डा. धनन्जय रेग्मीले राजधानीको महाराजगञ्जमा सुविधासम्पन्न चार तारे होटल सञ्चालनमा ल्याएका छन् । 

रेग्मीसहित पाँच जना सञ्चालकले कतार भिसा सेन्टर नजिकै ‘मण्डला नोर्लिङ होटल’ सञ्चालनमा ल्याएका हुन् । निर्माण सुरु गरेको करिब ६ वर्षपछि निर्माण सम्पन्न भएको यो होटल अर्को महिनादेखि औपचारिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

Advertisement

रेग्मी भन्छन्, ‘हाम्रो यो होटल चक्रपथमै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे तीन किलो मिटरको दुरीमा छ । यो खासै टाढा पनि होइन् । यो बीचमा खासै सडक जामको समस्या पनि हुँदैन । विदेशी पर्यटकहरु सहजरुपमा नै होटलमा आउनसक्छन । 

मण्डला नोर्लिङ होटल आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । तीन वटा मुल भवन रहेको यस होटलको एउटा भवनमा स्पा, अर्कोमा होटल र तेस्रो पार्टी (भोज)को लागि लक्षित गरिएको छ । 

होटलको व्यवस्थापन भारतीय कम्पनी लर्डस प्राइमले गर्नेछ । उनले थपे, ‘होटलमा उच्चस्तरको सबै सुविधाहरु हुन्छ । तर अहिले हामीले तारा नलिइ सञ्चालन गर्न लागेका हौं । व्यवसायिक होटलको रुपमा चलाउने तयारीमा छौं । । सरकारले चार तारेस्तरको होटलमा राखेको मापदण्डअनुसार चाहिने कुराहरु हामीले राखेका छौं । चार तारा पाउन चाहिने सबै कुरा हाम्रो होटलमा पुग्छ । अहिले तारे नलिने र विस्तार गरेर पाँच तारे नै लिने हो । त्यहीअनुसार काम गरेका छौं ।’ 

मण्डला नोर्लिङ होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन् । त्यसमा थप ४० कोठा थप्ने तयारी गरिएको छ । दुईदेखि साढे दुई वर्षभित्र यो होटललाई पाँच तारे बनाउने रेग्मीले बताए । उनले भने, ‘अहिले नेपालमा धेरै पाँच तारे होटल आए । पाँच तारे होटलको सबैले अन्तर्राष्टिय ब्राण्डहरु ल्याए । हामीले पनि ल्यायौं । हामीले नेपालमा आउने विशेषगरि चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरेका छौं । उनीहरु होटलमा धेरै महँगो तिर्न चाहान्नन् । सस्तोमा पनि जान चाहान्नन् । 

रेग्मीले आफूहरुले ‘वेल्नेस’लाई विशेष ध्यान दिँदै १४ वटा कोठाहरुमा स्पाको सुविधा राखेको बताए ।’ मण्डला नोर्लिङ होटलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ । । त्यस्तै, भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहुभान्सा (मल्टि क्विजिन) राखिएको छ । साथै, होटलमा ५० जनाभन्दा बढी अटाउने चार वटा हलहरु पनि रहेका छ । तीन वटा ठूला हल पनि बन्दैछन् । 

मण्डला नोर्लिङ होटलको छानामा पौडी पोखरी रहेको छ । ३६० डिग्री भ्यू, दुई वटा रेस्टुरेन्ट, बार रहेको रहेको यो होटलमा भित्री र बाहिरी पाकिङमा करिब तीन सय गाडी अटाउन सक्छ । होटलको भुईं तल्लामा पार्टी प्यालेन्स पनि हुनेछ । सरदर ६० डलरमा रुमहरु बेच्ने तयारी गरेको मण्डला नोर्लिङ ४० करोड लगानीमा निर्माण गरिएको हो । 

रेग्मीले भने, ‘अहिले रुमको मूल्य एक सय डलर लिएर नेपालमा टुर अपरेटर कम्पनीहरुले रुम बेच्न सकिरहेका छैनन् । यो महँगो हुन्छ । त्यसैले हामीले सरदर ६० डलरमा रुम बेच्दै जाने र यसको स्तरलाई पनि बढाउँदै जाने योजना बनाएका छौं ।’ होटलको स्तरोन्नतीसँगै लगानी पनि बढ्दै जानेछ । अहिले मण्डला नोर्लिङ होटलमा ८० जनाले रोजगारी पाउने छन् । 

Advertisement