कुमारी क्यापिटलका दुई बन्दमुखी योजनाको बुकक्लोज मिति तय

Advertisement

काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन् ।

गत आर्थिक वर्षका लागि इकाईधनीले करसहित ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भदौ १९ गते बुकक्लोज गर्ने भएका छन् । 

Advertisement

भदौ १८ गतेसम्म नेप्सेमा कायम इकाइधनीले प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यी दुवै योजनाको कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ ।

Advertisement

Advertisement