लामो समयदेखि अलपत्र परेको पर्यटन बोर्डको सीईओको टुंगो अर्को साता लाग्ने, को होला भाग्यमानी ?

Advertisement

काठमाडौं । लामो समयदेखि अलपत्र परेको नोपाल पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया अर्को साता टुंगिने भएको छ । लामो समयपछि उच्च अदालत पाटनले अड्काएको यो प्रक्रिया फुकाएपछि सीईओ नियुक्ति टुंगिन लागेको हो । 

सीईओ नियुक्ति प्रक्रियाविरुद्ध बोर्डकै कर्मचारीले मुद्दा हालेपछि अदालतले प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो । अदातलले रिट खारेज गर्दै केही दिनअघि प्रक्रिया खोल्दिएको छ । सीईओ नहुँदा बोर्डको बजेटदेखि बार्षिक कार्यक्रम समेत प्रभावित भएको छ । आर्थिक बर्ष सुरु भएको डेढ महिना भइसक्नलाग्दा समेत बोर्डको बजेट र कार्यक्रम पारित हुन सकेको छैन् । डा. धनन्जय रेग्मीको कार्यकाल सक्किएपछि बोर्ड नेतृत्वविहीनसँगै लथालिंग हुन पुगेको हो । 

Advertisement

स्रोतका अनुसार सीईओ छनोट समितिले आउँदो सोमबार (भदौ १७)मा १६ जना उम्मेदवारहरूलाई प्रस्तुतीकरणका लागि बोलाएको छ । प्रस्तुतीकरणको भोलिपल्टै अन्तरवार्ताका लागि बोलाउने कार्यतालिका बनाइएको छ । अन्तरवार्तासँगै संभवतः सोही साता बोर्ड सञ्चालक समितिले सीईओ नियुक्ति गर्नेछ । 

बोर्डको अबको सीईओमा पूर्वसीईओद्धय डा. धनन्जय रेग्मी र दीपकराज जोशीको नाम बढी चर्चामा छ । उनीहरु दुवै सत्तारुढ नेपाली कांग्रेसनिकट र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग पनि नजिक मानिन्छन् । त्यसबाहेक हिक्मत सिंह ऐर, श्रद्धा श्रेष्ठ, सन्तोषविक्रम थापाको नाम पनि चर्चामा छ । ेसीईओको लागि लक्ष्मण गौतम, नवीन पोखरेल, विजय नेपाल, राजाराम गिरी, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर सिंह महतो, सूर्यबहादुर घिमिरे, दीपक बस्ताकोटी, रामचन्द्र सेढाई, ठाकुर देवकोटा पनि प्रतिस्पर्धामा छन् । 

 

Advertisement