टिवानको अध्यक्षमा न्यौपाने

Advertisement

काठमाडौं । पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित भएका छन् । 

टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

न​निर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुन् । 

टिवानको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिए । 

कोषाध्यक्षमा चिरञ्जीवी  गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे भएको निर्वाचन संयोजक आचार्यले बताए । 

नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको संघीय  राजधानी काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताए ।

Advertisement