रिलायवल नेपाल लाइफ आठौं वर्षमा प्रवेश, भव्यताका साथ मनाइयो वार्षिकोत्सव

Advertisement

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । 

यसअवसरमा आज कम्पनीले बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पर्याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानीकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारीहरु लगायत समस्त सरोकारबालाहरुलाई आभार व्यक्त गरेको छ । 

Advertisement

कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा  विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरिएको छ । 

दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्थास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण, विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरिएको कम्पनीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement