झरीमा न्याय माग्दै सडकमा निस्किएका सहकारी पीडितलाई प्रहरीको लाठी

Advertisement

काठमाडौं । भदौरे झरीमा झरीमा न्याय माग्दै सडकमा निस्किएका सहकरी पीडितलाई प्रहरीको लाठी प्रहार गरेको छ । 

विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सहकारीका सदस्यहरुले आइतबार राजधानीमा गरेको प्रदर्शनमाथि सरकारले अवरोध गरेको हो । 

Advertisement

रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढेका उनीहरुमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको थियो ।

प्रहरीको लाठीले केही सहकारी पीडित घाइते भएका छन् । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी बर्साएको हो । सिंहदरबारतिर आउन नदिएपछि पीडितहरु शहीदगेटतर्फ मोडिएर त्रिपुरेश्वर हुँदै माइतीघर पुगेका थिए । 

सहकारी पीडितहरूले मेरो छोराछोरी पढ्ने पैसा सहकारीमा छ, सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर जस्ता नारा लेखेको ब्यानर बोकेका छन् । 

सरकारले भने सहकारी पीडितको समस्या समाधान गर्नेभन्दा पनि सहकारी संस्थाहरुलाई संकटग्रस्त घोषणा गर्दै बन्द गरेर झन समस्या बढाउने काम गर्दै आएको छ । सहकारीका सञ्चालकहरुले आफूहरुले सहकारी संस्था खोल्न पाए पीडितहरुको पैसा फिर्ता गर्न तयार रहेको बताउँदा पनि सहकारी मन्त्रालयले कुनै सुनुवाई गरेको छैन् । यता पीडितहरु भने लामो समयसम्म बचत रकम फिर्ता नपाउँदै झन पीडित हुनुपरेको अवस्था छ । 

Advertisement