माइक्रोसफ्टको सर्भरमा गडवडीले विश्वभर उडान सेवा, स्टक एक्सचेन्ज, बैंकिङ प्रणाली प्रभावित

Advertisement

काठमाडौं । माइक्रोसफ्ट कम्पनीको सर्भरमा प्राविधिक गडबडी आउँदा विश्वभर यसको तरंग देखिएको छ । यसले विश्वभरका उडान सेवादेखि स्टक एक्सचेन्ज, बैंकिङ प्रणालीसम्म प्रभावित भएको छ । 

अहिले बर्लिन, हङकङ, सिड्नी बिमानस्थलका सबै उडान रद्द हुनुका साथै लण्डन स्टक एक्सचेन्जदेखि अन्य देशका स्टक मार्केट समेत प्रभावित भएको छ । यसबाट टेलिभिजन च्यानलहरुलाई समेत असर परेको छ । नेपालका बैंकहरुमा पनि एमएस सफ्टवयरको असर परेको नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन् । 

Advertisement

प्रारम्भिक अनुमानअनुसार माइक्रोसफ्टको ३६५ एप्लिकेसनमा साइबर आक्रमण भएको छ । समस्या समाधानका लागि काम भइरहेकोे उक्त प्रविधि कम्पनीले जनाएको छ । 

Advertisement