राशिफलः आज (भदौ २५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल भदौ महिनाको २५ गते मंगलबार, भाद्र शुक्लपक्षको सप्तमी तिथि । आजबाट महालक्ष्मी व्रत आरम्भ, थहाली समुदायको फालोपर्व रहेको छ । 

मेष
मनमा उत्साह आउने छ । जसले गर्दा प्राप्त अवसरहरुमा प्रगतिका लागि तिब्रता आउने छ । पेशा तथा ब्यावसायमा पनि सकारात्मक नतिजा आउने छन् । मनमा दृढता आउने भएकाले अलि अलि अन्योलता भने रहीरहने छ । पारीवारिक जीवनबाट सन्तोष मिल्ने छ । बोलीमा भने कडापन देखिन जाने छ । शेयर बजार अनुकुल देखिन्छ । 

Advertisement

वृष
पेशागत जीवनकम प्रगति हासिल हुने छ । तर साझेदारीमा भए गरेका कामहरुमा भने द्वन्द देखिने भएकाले सतर्क रहनु उपयुक्त हुन्छ । व्यक्तित्वमा दृढता आउँदा बलियो खालको स्वाभाव हुने छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । शेयर बजार सकारात्मक रहने छ । 

मिथुन 
मधुरो बोलीको प्रभाव अरुमा छिट्टै पर्ने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ । परिवारमा प्रेम, मिलन तथा शान्तिपूर्ण वातावरण हुने छ । परिवारका सदस्यहरुबीच सहयोगि भावमा बृद्धि हुने छ । रिसको मात्रा भने बढोत्तरी हुने भएकाले ध्यान दिनु उपयुक्त हुन्छ । शेयर बजार सकारात्मक रहने छैन् । 

कर्कट
दाम्पत्य जीवनमा कटुता आउँदा परिवारमा समेत तनाव ल्याउने छ । भाग्यहिनताले गर्दा थालिएका कामहरु निकै ढिला गरि मात्र सफलतातर्फ जाने छन् । मनमा आउने दृढताले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने लाग्ने छ । पेशागत जीवनमा समस्याहरुसँग जुध्दै अघि बढ्नु पर्ने छ । शेयर बजार औसत खालको रहने छ ।

सिंह
ब्यावसायिक जीवनमा सकारात्मक प्रगति देखिने छ । आफ्नो काम प्रति गौरव बढ्ने छ । कर्मप्रति केन्द्रीत हुने समय रहेकोले कार्यालयका कामहरुमा तन मन लाग्ने छ । मनमा भने निकै उदासिनता बढ्ने भएकाले संयमित रहनु होला । निर्णय क्षमता पनि कमि देखिने छ । साझेदारीमा गरिएका कामहरुमा भनाभनको अवस्था आउने छ । शेयर बजार औसत रहने छ । 

कन्या
आर्थिक क्षेत्रमा गति प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा राम्रो नतिजा देखिने छ । खासगरी आर्थिक लक्ष्यहरु प्राप्त हुने छन् । पेशागत जीवनमा भने केही समस्याहरुसँग जुध्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्थाबाट गुज्रनु पर्ने छ । शेयर बजार धेरै उत्साही हुने समय रहेको छैन् । 

तुला 
पेशागत जीवनमा लाभ प्राप्त हुने छ । तर नेतृत्व क्षमतामा आउने कमिले गर्दा आफूभन्दा तलका व्यक्तिहरुले कम आँकलन गर्ने छन् । जीवनसाथि र परिवारका सदस्यहरुले साथ दिने हुँदा उन्नति प्रगतिका ढोका खुल्ने छन् । तर व्यक्तित्व भने अन्योल खालको हुने छ । शेयर बजार चुनौतिपूर्ण रहने छ । 

वृश्चिक
मनमा लुलो हुने र मनमा नकारात्मक विचार बढि आउने छ । उत्साहको कमि देखिने छ । भविष्यका बारेमा मनमा बढि नै चिन्ता आउने छ । जे जस्तो भएता पनि भाग्यको साथ रहेकाले कठिनाईहरुसँग सामना गर्न शक्ति भने प्राप्त हुने छ । शरीरमा धेरै थहाई लाग्ने क्रम देखिने छ । शेयर बजार उत्साहजनक रहने छैन् । 

धनु 
मनमा खिन्नताले सताउने छ यसले गर्दा मनोबल पनि कमजोर हुने छ । दाम्पत्य जीवनमा कटुता आउने र बिबादका मात्रा बढ्न पुग्ने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुबीच बादबिबादका क्रम आउने छ । प्राप्त हुनु पर्ने पैसा वा पासटी दिएका पैसाहरु प्राप्त कठिनाई व्योहर्नु पर्ने छ । शेयर बजार औसत खालको रहने छ । 

मकर 
दाम्पत्य जीवनमा काफि मधुरता आउने छ । परिवारका सदस्यहरुबीच मिलन हुने छ । मनमा शान्तिको क्रम बढ्न जाँदा आफैप्रति गौरव र आत्माबोध हुन जाने छ । आन्तरिक रुपमा प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आम्दानीमा भने सोचे जस्तो नतिजा आउने छैन् । शेयर बजार औसत खालको हुने छ । 

कुम्भ 
बौद्धिकतामा बृद्धि हुने छ । अरुले छिट्टै विश्वास गर्ने छन् । मनमा भने अनावश्यक चिन्ताले सताउँदा उदासिनता देखिने छ । आम्दानीमा केही बढोत्तरी हुँदा मनोबलमा भने बृद्धि हुने छ । व्यापार विजनेशमा रहेकाहरुको हकमा आफ्नो उद्योग प्रतिष्ठानमा श्रम सम्बन्धि समस्याले गिजोल्ने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

मीन
व्यक्तित्वमा अन्योलग्रस्त छवि बन्ने छ । आम्दानीमा हुने सानो बृद्धिले आर्थिक क्षेत्रमा भने आड दिने छ । आन्तरिक भित्रि बुद्धि सक्रिय हुने भएकाले समस्याहरुबाट पार पाउन ठुलो मद्धत पुग्ने छ । बौद्धिक क्षेत्रमा लाग्न तिब्रता आउने छ, भने प्रगति पनि हुने छ । भाग्यको साथ नरहेकाले मेहनत धेरै तर प्रतिफल कम प्राप्त हुने छ । शेयर बजारमा धैर्य हुनुपर्ने देखिन्छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement